Rule 53
निर्माण श्रमिक सम्बन्धमा रोजगारदाताको दायित्व
निर्माण श्रमिकको स्वास्थ्य तथा सुरक्षाको सम्बन्धमा रोजगारदाताको दायित्व देहाय बमोजिम हुनेछः-
(क) कामको सिलसिलामा लाग्न सक्ने चोटपटक तथा स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल प्रभावबाट बचाउन श्रमिकलार्इ आवश्यक सुरक्षा उपकरण वा पहिरन उपलब्ध गराउने वा त्यस्तो उपकरण वा पहिरन लगाउने व्यवस्था मिलाउने,
(ख)    निर्माण कार्यस्थलमा कामको सिलसिलामा श्रमिकलार्इ कुनै चोटपटक लागेमा तत्काल प्राथमिक उपचार गर्न सकिने व्यवस्था मिलाउने।